×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार ८९४ कित्ता लिलामी सेयरमा आवेदन भर्ने बुधबार अन्तिम दिन, भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अरुण भ्याली हाइड्रोपावरको ४ लाख ३५ हजार ८९४ कित्ता लिलामी सेयरमा आवेदन भर्ने बुधबार अन्तिम दिन, भाउ कति ?

Artha Sarokar

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने भएको हो । अरुण ९ गतेदेखि ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।
कम्पनीले सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामीबाट बिक्री खुला गरेको हो । यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।
यस लिलालीमा लगानीकर्ताले बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल कमलादी–काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौंबाट पनि बोलपत्र बुझाउन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी