
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएका छन्।
यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।
यस सापटीमा कर्मचारी वचत वृद्धि अवकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यस्को मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसंगसम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ बर्ष भित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्