×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

सर्रे खोलामा १ करोड ७ लाखको लागतमा ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण हुने

BIZBAZAR
लहान । सिरहाको धनगढीमाई नगरपालिका बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ । विगत लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका धनगढीमाई नगरपालिका-१४ का बासिन्दालाई लक्षित गरी नगरपालिकाले सर्रे खोलामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माण भएपछि धनगढीमाई नगरपालिका-१४ का मड्यान, महाजनी, हाथीढुङ्गा, राईराईनीलगायतका स्थानीयवासी लाभान्वित हुनेछन् ।
नगरपालिकाको कार्यालय र वडा नम्बर १४ लाई जोड्ने मूल सडकमा पर्ने सर्रे खोलामा पुल नहुदाँ त्यस क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुल निर्माण हुने भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाउने हुँदा खुशी भएका छन् ।
वर्षौदेखिको त्यस क्षेत्रको समस्याप्रति गम्भीर हुँदै झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढीमाई नगरपालिका र स्थानीयवासीको त्रिपक्षीय सहयोगमा करिव १ करोड ७ लाखको लागतमा ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागेको हा । पाँच फिट चौडाइ रहने उक्त पुलको नगरप्रमुख हरिनारायण चौधरीले शिलान्यास गर्नुभयो । पुल यसै आर्थिक वर्षभित्र निर्माण भइसक्ने नगरप्रमुख चौधरीको भनाइ छ । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal