×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिखान देउ भन्दै प्रधानमन्त्रीलाई यातायात व्यवसायीको ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलन…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिखान देउ भन्दै प्रधानमन्त्रीलाई यातायात व्यवसायीको ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलन…

Artha Sarokar

३० जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखी भएको बन्दाबन्दीका कारण व्यवसाय धरासायी बनेको भन्दै यातायात व्यवसायीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आईतबार सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत आफ्ना मागसहित प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कोरोना माहामारीको पहिलो चरणमा लामो समय भएको बन्दाबन्दी प्रश्चात केही राहत भएको भएतापनि पुनः कोरोनाको दोस्रो लहरले यातायात व्यवसाय धरापमा परेको व्यवसायीहरुले बताएका छन् । सार्वजनिक यातायात पुर्ण रुपमा ठप्प हुँदा पनि बैङ्कको ब्याज-ऋण र साहुको किस्ताका कारण मर्कामा परेको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष दिल बहादुर खोलौलाले बताए । उनले भने, ‘यसरी धरासायी भएर यातायात चलाउन सक्ने अवस्थामा छैनौँ, हाम्रो समस्याप्रति सरकारको ध्यान जानुपर्छ ।’
त्यस्तै ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनि समेत दिएका छन् । ‘हाम्रा पिरमर्का, समस्या, गुहार-अनुरोध गर्दा गर्दै पनि सम्बन्धित सरोकारवाला निकायबाट सम्बोधन नभएमा हामी सम्पुर्ण यातायात व्यवसायी आ आफ्नो सवारी साधनहरु बैङ्क तथा वित्तिय संस्थाका आगनमा खडा गरी, साँचो बुझाई आफ्नो लगानि फिर्ता माग्न बाध्य हुनेछौँ’, ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी