×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

खाद्य व्यवस्था व्यापार कम्पनीद्वारा पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न बिक्री ! (भिडियो)

BIZBAZAR

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न विक्रि गरेको बताउनुभयो । 
हालसम्म सहुलियत दरमा १४ सय ५ क्वीन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्वीन्टल गहुँ उपलब्ध गराइएको उहाँले बताउनुभयो । कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न विक्रि गरेको पनि उहाँले जानकारी दिनुभयो ।
कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपास सम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको उहाँले जानकारी दिनुभयो । होम डेलिभरी सेवामा भने छुट नदिइने उहाँले स्पष्ट पार्नुभयो । खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्वीन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पु¥याउनेदेखि काठमाडौंमा विक्रि वितरण गरिएको उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal