Skip to content
LAXMI SUNRISE BANK

दशरथचन्द नगरपालिकामा यसपाली ७२ करोड ६१ लाखको बजेट, कस्ता योजना प्राथामिकतामा ?

अर्थ सरोकार

BAITADI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ७२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बसेको नगरसभाले रु ७२ करोड ६१ लाख २२ हजार ३८ बराबरको बजेट सार्वजनिक गरेको छ ।
नगरसभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै नगरउपप्रमुख मीना चन्दले आगामी आवमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए । विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाको हेल्थ डेस्कलाई व्यवस्थित बनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई सहुलियत बीमा र थप सुविधा दिई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।
यसैगरी नगरउपप्रमुख मातृशिशु सुरक्षा योजनालाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा क्षेत्रमा विद्यालय ‘मर्ज’ कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय पाठ्यक्रम तयार पार्ने, कम्तीमा एक वडालाई बालमैत्री वडा घोषणा गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा सबै नगरवासीका खानेपानीमा पहुँच पु¥याई सुरक्षित पानीयुक्त समुदाय घोषणा गर्ने व्यवस्था गरिएको छ । यसैगरी धार्मिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गरिने तथा लक्षित समुदायका लागि विभिन्न खालका कार्यक्रम सञ्चालन गरिने छ ।
भौतिक पूर्वाधारतर्फ नगर सडक यातायात गुरुयोजना तयार पार्ने, विद्युत् नपुगेका वडाहरु विद्युतीकरण गर्ने, कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषि उपकरण तथा औजार खरिदमा अनुदान दिइने, कृषि तथा पशुपकेट क्षेत्रमा महिला किसानको सहभागिता बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जिल्लाका अन्य स्थानीय तह पनि आगामी आवको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुटेका छन् । असार १० गतेभित्र नीति, कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यहाँका स्थानीय तहहरु हाल त्यसको तयारीमा जुटेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK