- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण लामो समयदेखी बन्द रहेका विद्यालयहरु पुनः पठनपाठन सञ्चालन गर्ने तयारीमा जुटेका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गरिएको बन्दाबन्दीले शैक्षिक क्षेत्र र विद्यार्थिको भविष्य अन्धकारतिर लैजाने सम्भावनालाई उदृत गर्दै पठनपाठन सञ्चालन गर्ने तयारीमा लागेको विद्यालयहरुले जनाएका छन् ।
कोरोना माहामारीको दोस्रो लहर सूरु भएपछि बैशाख १६ गतेबाट बन्द रहेका विद्यालयहरुले नयाँ शैक्षिक शत्रको सूरुवातमा शैक्षिक गतिविधिलाई सक्रिय बनाएका छन् । माहामारीकै कारण पुर्व निर्धारित परिक्षाहरु स्थगित गरेको र आन्तरिक मुल्यांकनबाट नतिजा निकालेको बताउँदै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थिति जन जागृती माध्यामिक विद्यालयका प्रध्यानाध्यापक टेक बहादुर क्षेत्रीले शैक्षिक शत्रको सुरुवात गरेर पाठ्यपुस्तक वितरण गर्न सुरु गरेको बताएका छन् । उनले भने, ‘अनलाईन पठनपाठनमा विद्यार्थिलाई सहज होस् भनि सिम वितरणका लागि विद्यालयको खातामा रकम आईसकेको छ, कार्यान्वयन पनि छिट्टै गछौँ ।’

यता सर्वोदय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक जित बहादुर चौधरीले भने आउँदो श्रावण महिनाबाटै कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् । उनले भने, ‘अहिले असार १ गतेबाट विद्यार्थि भर्ना, पहिचान तथा अभिलेख राख्नेगरी गतिविधि अगाडी बढाएका छौँ ।’ त्यस्तै उनले भौतिक उपस्थितिमा शैक्षिक गतिविधि अगाडी बढाउने अवस्था नरहेको खण्डमा वैकल्पिक सिकाईका लागि विद्यालय तयार रहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्