×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथा : जोखिममा डोल्पाको दुनै बजारका स्थानीय बस्ती, तनहुँ र अर्घाखाँचीमा रोपाईंको चटारो

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जोखिममा डोल्पाको दुनै बजारका स्थानीयबस्तीदेखि तनहुँ र अर्घाखाँचीमा रोपाईंको चटारोसम्मकालाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
भेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै । वर्षात्का कारण नदीमा पानीको बहाव बढेसँगै स्थानीयबस्ती जोखिममा परेको छ ।
तनहुँको भानु नगरपालिका–५ स्थित छसय फाँटमा रोपाइँ गर्ने क्रममा कृषक । जिल्लाका कतिपय ठाउँमा रोपाइँ शुरु भइसकेको छ ।
अर्घाखाँचीको मालारानी–३ खनारको खजुने खोला नजीक रहेका खेतमा धान रोप्ने क्रममा कृषक । विगतका वर्षमा खडेरीले धान रोपाइँ ढिला हुने भए पनि यस वर्ष समयमै पानी परेको छ । 
पृथ्वीराजमार्गको धादिङ सडक खण्डमा त्रिशुली नदिमा आएको बाढीले  बगाएर ल्याएको काठ दाउराहरु सडकमा ल्याएर सङ्कलन गर्दै स्थानीहरु । 
पृथ्वी राजमार्गकोे अबुवा खैरेनीस्थित ऐना पहारामा झरेको झरनाको मनोरम दृश्य । लकडाउनका कारण उक्त झरनामा रमाउने मानिसहरु नआएका कारण सुसाउँदै बगिरहेछ ।
भक्तपुरको ठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा यस शैक्षिकको नयाँ पाठ्यपुस्तक छपाइ गरिँदै । केन्द्रका अनुसार यस वर्षका लागि आवश्यक  पाठ्यपुस्तक छाप्ने काम अन्तिम चरणमा पुगेको छ । 
पृथ्वी राजमार्गकोे थानकोट नौविसे सडक खण्डमा भारीवर्षाका कारण पहिरो जाने खतरा देखिएको छ । उक्त बाटो भइ राजधानी प्रवेश गर्ने दैनिक हजारौं मालवाहक तथा अतिआवश्यक सवारीसाधनलाई समस्या पर्नेछ । 
विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार आसपास क्षेत्रमा रिक्सा चालक । 
बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित काठेखोलाको पुलमा पुग्न भ¥याङ चढ्दै एक बालक । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal