×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

अन्नपूर्ण कोभिड हेल्पलाइनलाई नेलम्बोद्वारा ६२ हजार बराबरको स्वास्थ्य सामग्री सहयोग

SAGARMATHA CEMENTS
गण्डकी । कास्कीको अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा-४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । संस्थाले मास्क, भाइजर, अक्सिमिटर, पिपिइ, स्यानिटाइजर, थर्मलगन, ग्लोब्स, साबुन, स्प्रेबोटल र जनचेतनामूलक ब्यानरसहित ६२ हजार बराबरका सामग्री प्रदान गरेको हो ।
अन्नपूर्ण गाउँपालिका-१ का वडाध्यक्ष भरतजङ्ग कुँवरले हेल्पलाइन स्थापनाले सर्वसाधारण लाभान्वित बनेको भन्दै सङ्क्रमण देखिए पनि उच्च मनोबल राखेमा कोरोनालाई परास्त गर्न सकिने धारणा राख्नुभयो । नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको बताउँदै पछिल्लो समय स्वास्थ्यअन्तर्गत कोभिड नियन्त्रणमा क्रियाशील बनेको जानकारी गराउनुभयो ।
हेल्पलाइन संयोजक विराज सुवेदीले हेल्पलाइन सञ्चालनमा अन्नपूर्णका जनता तथा विभिन्न सङ्घसंस्थाको सहयोग प्राप्त भइरहेको बताउँदै संस्थाका गतिविधिमा स्थानीयवासीको उत्साहपूर्ण साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । हेल्पलाइन सहसंयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना सङ्क्रमितको उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नुका साथै सङ्क्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal