×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको ऋण तिर्न नसक्दा आत्महत्या

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सहकारीको ऋण तिर्न नसक्दा आत्महत्या

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
झापा । झापामा सहकारीको किस्ता तिर्न नसक्दा एक जनाले आत्महत्या गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय ललित दर्जीले सहकारीको किस्ता तिर्न नसक्दा आत्महत्या गरेका हुन् । 
कमजोर जीवनस्तर भएकै कारण उनले आत्महत्या  बाटो रोजेका छन् । उनीसंग सम्पत्ति त कहाँ हो कहाँ बस्नका लागि घरसमेत छैन । उनले बिरिङ खोलामा गिटी निकाल्ने र त्यसलाई बिक्री गरेर आफूलगायत श्रीमती र दुई जना नाबालकको जिवन निर्वाहा गर्दै आएका थिए । 
आर्थिक स्थिति झनै बिग्रदै गएपछि उनकी श्रीमती बालकुमारीले सल्लाहमा फागुन महिनामा सहकारीबाट समूह जमानतमा ७४ हजार हाराहारी ऋण निकालिन् । बैंकमा धितो राख्न केहि नभएपछि उनले सहकारीबाट सो ऋण निकालेकी हुन् । उनले सहकारीबाट ऋण लिएको पैसाले परालले छापेको घरमा जस्ता लगाईन् । घरकै लागि केही बाँस पनि किनिन् । केही ऋण थियो, त्यो तिरिन् ।
ऋण निकालेको केहि समयपछि कोरोना संक्रमणको दर बढेपछि निषेधाज्ञा जारी भयो । जससंगै सम्पूर्ण संस्थाहरु बन्द भए । र सो समयमा सहकारीले कुनै पनि सुचना जारी गरेन । जब कोरोना सङ्क्रमणको दर अलि घटेपछि सहकारीले आइतबार समूह बस्ने भन्ने सुचना सार्वजनिक गर्यो । त्यो कुरा बालकुमारीले पनि थाहा पाइन्। 
उनले मजदुरी गर्न गएका श्रीमानलाई ऋण तिर्नेबारे खबर गरिन् । त्यसपछि उनले मजदुरी गर्ने ठाउँमा आफू सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरे । प्रहरीले आइतबार राती शवको मुचुल्का उठाएर सोमबार पोष्टमार्टम गरी अन्तेष्टिका लागि परिवारलाई जिम्मा दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: