
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकले १५ लाख इकाई बोन्ड निष्कासन गर्ने भएको छ । बैंकले असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड वार्षिक ९% ब्याजदरमा निष्कासन गर्ने भएको हो । वि.सं २०८७ मा परिपक्क हुने गरी ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न लागेको हो ।
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाईमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी ९ लाख इकाईआफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँको दरले असार २३ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।
सो अवधिमा सबै बोन्ड बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन पाइनेछ । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्