×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : प्राणको बाजी लगाएर पुदुवा लेख काट्दै सर्वसाधारण, लेकबाट सेतकचिनी बोकेर ल्याउँदै स्थानीय…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ असार २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : प्राणको बाजी लगाएर पुदुवा लेख काट्दै सर्वसाधारण, लेकबाट सेतकचिनी बोकेर ल्याउँदै स्थानीय…!

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले प्राणको बाजी लगाएर भारी हिउँमा यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको बाहिरी पुदुवा लेख काट्दै गरेका सर्वसाधारणहरुदेखि लेकबाट सेतकचिनी बोकेर ल्याउँदै  जुम्लाका स्थानीय महिलासम्मकालाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
प्राणको बाजी लगाएर भारी हिउँमा यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको बाहिरी पुदुवा लेख काट्दै सर्वसाधारणहरु ।
गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय महिला तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी पिठ्युमा बोकेर घरतर्फ लग्दै । सेतकचिनी प्रति केजी रु पाँच सय पर्दछ ।
गोठिचौर गाउँपालिका वडा नं ३ जुम्लाका  युवा तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लग्दै । 
प्राणको बाजी लगाएर भारी हिउँमा यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको जिन्दुली लेकमा पुगेका एक यार्सागुम्वा सङ्कलन थकानपछि बिश्राम गर्दै । 
शुक्लागण्डकी नगरपालिका–१२ नं वडाद्वारा सोही वडास्थित रातमाटाका पशुपालन कृषकहरुलाई बहुबर्षीय घाँसको बिरुवा वितरण गरिएपछि घरतर्फ लैजाँदै । वडालाई भविष्यमा बाख्रा पालनको नमुना गाँउ बनाउने अभियान अनुरुप वडाले विभिन्न घाँसका बिरुवा वितरण गरिएको हो ।
व्यासनगरपालिका–१ चारकुने क्षेत्रमा पक्की नाला निर्माण गर्दै मजदूरहरु । गण्डकी प्रदेश सरकारको रु पन्ध्र लाख र वडाको रु चार लाख गरी कूल रु १९ लाखको लागतमा यसबर्ष २२६ मिटर नाला र २३१ मीटर मध्ये १२४ कालोपत्र र बाँकी ग्रावेल गरिनेछ । 
महाकाली राजमार्गमा जलविद्युतको सामग्री लैजाँदै गरेको ट्रक । निषेधाज्ञामा पनि विकास निर्माणको कार्य जारी रहेको छ । 
गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लगिँदै । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: