×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ग्राहकको पर्खाइमा भक्तपुरको साँगास्थित राजमार्ग छेउका व्यापारी, काभ्रेमा रोपाइँको चटारो

PRIME CA

देश बोल्ने फोटो कथा : ग्राहकको पर्खाइमा भक्तपुरको साँगास्थित राजमार्ग छेउका व्यापारी, काभ्रेमा रोपाइँको चटारो

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भक्तपुरको साँगास्थित अरनिको राजमार्ग छेउमा तरकारी बेच्न बसेका व्यापारीदेखि समयमै मनसुन सुरु भएकाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँटमा धान रोप्दै किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
भक्तपुरको साँगास्थित अरनिको राजमार्ग छेउमा तरकारी बेच्न बसेका व्यापारी ।
समयमै मनसुन सुरु भएकाले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेबेंसी फाँटमा धान रोप्दै किसान । यहाँ सिँचाइको अभावका कारण  खेती  गर्न आकाशेपानीको भर पर्नुपर्ने  बाध्यता  छ । 
म्याग्दीको बेनी नगरपालिका–२, खबराको रिजाल एग्रो फार्ममा पालिएका लेयर्स जातका कुखुरा । म्याग्दीमा पछिल्लो समय व्यावसायिक कुखुरापालन गर्नेको सङ्ख्या बढेको छ ।
भक्तपुुरको सूूर्यविनायक चोकमा ग्राहकको प्रतिक्षामा बसेका फलफूूल व्यापारी  । 
सव डिभिजन वन कार्यालय विमलनगरले वितरण गरेको फलफूलको बिरुवा लिएर घरतर्फ जाँदै भुजेल समुदाय । कार्यालयले बन्दीपुर र आँबुखैरेनीका ७५ भुजेल परिवारलाई आँप, लिची र कागतीका बिरुवा वितरण गरेको छ । 
व्यास नगरपालिका–१ गल्बुबेँसीमा  केही दिनदेखि लगातार पानी परेपछि बनाइएको इँटामा क्षति पुग्नबाट जोगाउन प्लाष्टिकले छोपेर राखिँदै । 
व्यास नगरपालिका–१ गल्बुबेँसीमा  केही दिनदेखि लगातार पानी परेपछि बनाइएको इँटामा क्षति पुग्नबाट जोगाउन प्लाष्टिकले छोपेर राखिँदै । 
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको रुइसेको चरन क्षेत्रमा चर्दै गरेका भेंडा । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेंडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: