×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथा : बागलुङमा ९१ वर्षीया वृद्धाले जितिन् कोरोना संक्रमण, टनेलभित्र फलेको गोलभेंडा टिप्दै किसान

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बागलुङ नगरपालिका–११ राडाँडाका ९१ वर्षीया तुलसी पौडेल कोरोना जितेर धौलागिरि अस्पताल बागलुङबाट आइतबार घर फकिँदै गरेकीदेखि पोखरा महानगरपालिका वडा नं १४, छिनेडाँडास्थित राधिका एकीकृत कृषि फर्मको टनेलभित्र फलेको गोलभेंडा टिप्दै गरेका फर्म सञ्चालक मोहनबहादुर कार्कीसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बागलुङ नगरपालिका–११ राडाँडाका ९१ वर्षीया तुलसी पौडेल कोरोना जितेर धौलागिरि अस्पताल बागलुङबाट आइतबार घर फकिँदै । कोरोना सङ्क्रमित भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो  । 
पोखरा महानगरपालिका वडा नं १४, छिनेडाँडास्थित राधिका एकीकृत कृषि फर्मको टनेलभित्र फलेको गोलभेंडा टिप्दै फर्म सञ्चालक मोहनबहादुर कार्की । फर्मबाट हाल दैनिक ५० देखि ६० केजी गोलभेंडा उत्पादन हुँदै आएको छ ।
विभिन्न छ वटा संस्थाले आर्थिक अवस्था  कमजोर भएका समुदायका व्यक्तिलाई खाद्यान्न उपलव्ध गराउन आइतबारदेखि विराटनगरमा सञ्चालित फुड बैंकमार्फत दैनिक दुई सय जनालाई खाद्यान्न वितरण गर्दै । आगामी सात दिनसम्म विहान ७ बजेदेखि १० बजेसम्म दुई केजी चामल, दाल,नून र सोयाविना वितरण  गरिने छ ।
म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको एकता एग्रो रिसर्च एण्ड रिसोर्ट प्रा।लि।को फार्ममा पालिएका बोयर जातका बाख्रा । रु दुई करोड १७ लाखको लगानीमा स्थापित यो फार्ममा हाल करिब २०० बाख्रा छन् । 
क्यानडामा रहेको नेपाल हेरिटेज च्यारिटी फाउण्डेशनका तर्फबाट सहयोगस्वरुप  उपलब्ध  गराइएको दुई थान अक्सिजन कन्सन्ट्रेटर धौलागिरि अस्पताल बागलुङलाई प्रदान गर्दै स्थानीय संयोजनकर्ता राम शर्मा । 
पोखराको फेवातालमा डुङ्गामाथि राखेर सजाइएको बुद्धको मूर्ति  र निषेधाज्ञाका कारण सुनसान फेवाताल ।
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध जाने पहुँच सुरुङ । माघ १ गतेदेखि सुरुङ खन्ने काम सुरु भएको थियो । 
निषेधाज्ञाको अवधिमा दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएको अवस्थामा विराटनगर–११ सामाजिक अभियन्ताहरुले आइतबार दुईसय परिवारलाई घरघरमा खाद्यान्न वितरण गर्दै । म्याप ट्राभल एण्ड टुर्स विराटनगर–११ र विजय ट्रेर्डस–६ ले विराटनगर–११ का दुईसय जना घरपरिवारलाई चामल १३ केजी, दाल, खानेतेल , नुनलगायतका सामग्री मनोज साह, टिकामान कार्की, विजय साह, विमल पोखरेल र सरोज श्रेष्ठलगायतले वितरण गरिएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal