×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : रुपन्देहीको तिलोतमा धान रोप्न व्यस्त महिला, बाख्रा चराएर घर ल्याउँदै सिन्धुकोटका बालबालिका

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले रुपन्देहीको तिलोतमा–१३, सेमरिमा खेत रोप्दै गरेका थारू समुदायका महिलादेखि बाख्रा चराएर घर ल्याउँदै गरेका सिन्धुपालचोकको सिन्धुकोटका स्थानीय बालबालिकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
रुपन्देहीको तिलोतमा–१३, सेमरिमा खेत रोप्दै थारू समुदायका महिला ।
बाख्रा चराएर घर ल्याउँदै  सिन्धुपालचोकको सिन्धुकोटका स्थानीय बालबालिका । कोरोना भाइरस रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण विद्यालय बन्द भएको समयमा उनीहरु बाख्रा चराउन गएका हुन् । 
महिला उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालय बागलुङले वितरण गरेको ढाका बुन्ने तान । 
तुलसीपुर उपमहानगरपालिका–१२, उरहरि गाउँका किसान नन्दु चौधरीले बारीमा टनेलभित्र तयार गरेको  खुर्सानी, भन्टा,  बन्दगोभी, काउलीलगायत तरकारीका बेर्ना ।
धान रोप्नका लागि व्याडमा बीउ काढ्दै तनहुँ, शुक्लागण्डकी नगरपालिका–३ का महिला । यस वर्ष छिट्टै मनसुन सुरु भएकाले जिल्लाका अधिकांश ठाउँमा रोपाइँ  भइरहेको छ । 
पोखरा महानगरपालिका–३३, भरतपोखरीको मनियलडाँडास्थित ऐतिहासिक चौतारो पुनःनिर्माणमा श्रमदान गर्दै स्थानीय महिला । सिलिङ्घे चेतना महिला समूहको सक्रियतामा मल्लकालीन कोटभैरब मन्दिर जाने मार्गमा पर्ने उक्त २०० वर्ष पुरानो चौतारो रु दुई लाखको लागतमा पुनःनिर्माण गर्न लागिएको हो । 
नयाँबजार कोतोतर्फ आवतजावत गर्न  समस्या भएपछि मनाङको स्याल्कु खोलामाथि अस्थायी काठेपुल निर्माण गर्दै नेपाली सेना ।  गत असार ४ गते  भएको अविरल वर्षाका कारण आएको बाढीले  पुल बगाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: