
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भक्तपुरको मध्यपुर थिमिका किसान परिवार खेत रोप्न धानको बीउ उखेल्दै गरेकोदेखि निषेधाज्ञाका बेला लिची बेचेर परिवारको गुजारा चलाउँदै लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा लिची बेच्दै महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
भक्तपुरको मध्यपुर थिमिका किसान परिवार खेत रोप्न धानको बीउ उखेल्दै ।

कोरोना संक्रमण र निषेधाज्ञाका बीच आइतबार लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा लिची बेच्दै महिला । निषेधाज्ञाका बेला यसरी नै लिची बेचेर परिवारको गुजारा चलाउँदै ।

भक्तपुरको मध्यपुरथिमिका किसान परिवार रोपाइँ गर्दै ।

पाल्पाको रामपुर नगरपालिका वडा नं ५, बेझाड खेतमा किसानले लगाएका सूर्यमुखी बाली अवलोकन गर्दै वडा अध्यक्ष हिमाल मल्ल, कृषि शाखा प्रमुख रामहरि पाण्डेयलगायत टोली । पकेटक्षेत्र कार्यक्रमअन्तर्गत यहाँ करिब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखीको व्यावसायिक खेती गरिएको छ ।

स्याङ्गजाको चापाकोट नगरपालिकाको निर्दिममा पाकेको लिची व्यवस्थापन गर्दै किसान ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ का किसानले एकीकृत शुत्र जीव व्यवस्थापन (आईपिएम) सिक्दै । कृषि उत्पादनलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले यस्ता कार्यक्रमलाई अघि बढाएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–४ बरङ्जाको आरकुटीका कृषकले नर्सरीमा उत्पादन गरेको सुन्तलाका बिरुवा । म्याग्दी जिल्ला पछिल्लो समय सुन्तलाको बिरुवामा आत्मनिर्भर बनेको छ ।

यार्सागुम्वा सङ्कलन गर्न डोल्पाको जगदुल्ला गाउँपालिका भित्रको पाटन गएका नागरिक हिउँमा हिँडेर लेक काट्दै ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्