×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा दायर, सहकारीको ५ करोड बढी हिनामिना गरेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा परेको छ । राप्ती गाउँपालिका वडा नं. ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा अध्यक्ष सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा दायर गरेका हुन् । सदस्यहरूले दाङ देउखुरी जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेका हुन् ।
मुद्दा दायरपछि सहकारीका कर्मचारी पक्राउसमेत परेका छन् । संस्थाका सह–लेखापाल विक्रम राना, उनकी श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मणिराम भण्डारी र लेखापाल विकास न्यौपाने पक्राउ परेका हुन् । 
 
यता पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरु भएको जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरी जानकारी दिए । शुक्रबारदेखि भने थुनछेक बहस सुरू हुनेछ । यस्तै सो संस्थामाआबद्ध रहेका राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदी फरारको सूचीमा छन् । 
उनि सहकारी मर्ज हुनुभन्दा पहिलेदेखि २०७१ सालदेखि सुपरीवेक्षण समितिमा रहँदै आएका थिए । पक्राउ नपरेका २० जनालाई भने फरार सूचीमा राखिएको छ । उनिहरुलाई पनि छिटै पक्राउ गर्ने बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: