×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२३ गतेदेखि आरबीबी मर्चेन्टको ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री खुला हुँदै, १०० इकाईदेखि भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२३ गतेदेखि आरबीबी मर्चेन्टको ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री खुला हुँदै, १०० इकाईदेखि भर्न पाइने

Artha Sarokar

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले म्युचुअल फन्ड १ को १० करोड इकाई असार २३ देखि बिक्री गर्ने भएको छ । असार २३ गतेदेखि क्यापिटलले ‘आरबीबी फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १३% कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् भने असार २७ गतेसम्म आवेदन दिन पाइनेछ ।
आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ६ गतेसम्म खुला रहनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी