×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मथलो नेपाल बनाएका बर्माको दैनिकी, मकै बेचेरै पाल्छन् परिवारको पेट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्मथलो नेपाल बनाएका बर्माको दैनिकी, मकै बेचेरै पाल्छन् परिवारको पेट…

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारी सुरु भएसँगै जारी गरिएको निषेधाज्ञाका कारण मजदुरी गर्नेहरु निकै समस्यामा परेका छन् । दैनिकीकै आधारमा परिवार पाल्नेहरु मजदुरी गर्न नपाएपछि दुखजिलो जिवन बिताउन बाध्य बनेका छन् । यद्यपि अहिले सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि उनिहरुको मुहारमा खुसी देखिन थालेको छ ।
मजदुरी आफैमा सहज हुँदैन । त्यसैमाथी दैनिक आउने विभिन्न बाधा, अड्चन तथा अफ्ठ्याराहरुले झनै असहज बनाईदिन्छन् दैनिकीहरु । यसैबीच विश्व माहामारीका रुपमा स्थापित भएको कोरोना भाइरसको संक्रमणले मजदुरी गर्दै परिवार पाल्नेहरुको दैनिकी अस्तव्यस्त नै बनायो । माहामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले निषेधज्ञा जारी गर्यो, यता मजदुरी गर्ने मजदुरहरुको परिवार चलाउने आधार नै खोसियो । तर अहिले देशैभरी जारी गरिएको निशेधाज्ञा खुकुलो बनाएसँगै मजदुरी गर्नेहरु खुसी देखिन्छन् ।
भारतको लखिमपुर खिरी हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्ने सञ्जय बर्मा अहिले मकै बेचेर आफ्नो दैनिकी चलाईरहेका छन् । विगत २५ वर्षदेखी नेपालमै बसेर मजदुरी गरिरहेका उनको ८ जनाको परिवार छ । बिहानै तरकारी बेचेर दिनको सुरुवात गर्ने उनको दैनिकी मजदुरी गरेरै चलिरहेको छ । देशभर जारी निषेधाज्ञाका कारण अरुजस्तै मर्कामा परेका उनि परिवार पाल्नपनि मुस्किल भएको बताउँछन् । उनि भन्छन्, ‘खान लगाउनकै लागि मर्नुपर्ने अवस्था नआएपनि बचत शुन्य हुँदा परिवारको पेट पाल्नको लागी ठिक्क भएको छ ।’
उनि अहिले किसानहरुबाट १० रुपैँया प्रतिगोटा मकै किन्छन् र सडक किनारमा पोलेर बेच्ने गर्छन । राम्रै भयो भने मकैको व्यापारबाट पनि दैनिक ३ देखी ४ सय आम्दानी हुने उनको भनाई छ । लामो समयदेखी नेपालमै रोजीरोटी चलाएका उनी नेपालमै खुसी छन् । यतैको माहोलमा रमाएका उनले नयाँ शहर आफ्ना लागि बिरानो हुने भएकोले नेपालमै बसेर काम गर्न रुचाउने बताए । त्यस्तै जन्मथलो भारत भएपनि कर्मथलो नेपाललाई बनाएका बर्माले काम गर्न गाह्रो भएतापनि नेपाल सरकारले आफुहरुलाई रोजगारी गर्नका लागि र परिवार पाल्नका लागि कुनै अवरोध नगर्ने गरेको बताएका छन् ।
नेपालका अधिकांश नागरिक रोजगारीका लागि भारतका विभिन्न शहरहरुमा पुगेजस्तै भारतका विभिन्न शहरबाट मजदुरी गर्नको लागि नेपाल आएका त्यस्ता थुप्रै नागरिक छन् जसले आफ्नो कर्मथलो नेपाललाई बनाएका छन् । कोरोना माहामारीका कारण गिजोलिएको उनिहरुको दैनिकी पुनः सुरु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी