- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिढ १९) को दोस्रो लहरको संक्रमणमा केही कमि देखिएका बेला अहिले तेस्रो भेरियन्टको संक्रमणको चर्चा चलेको छ ।
भारतसहित विश्वका बिभिन्न मुलुकमा कोरोनाको तेश्रो भेरियन्ट देखा परिसकेपछि पुर्व तयारीमा सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानिय तह जुटेका छन् । बिषेसगरी भारतबाट स्वदेश आउने नागरिकहरुबाटै कोरोनाको संक्रमण फलैलिएको भन्दै प्रदेश सरकार र स्थानिय तहहरु नाका ब्यवस्थापनमा जुटेका हुन् । यसैबीच शुक्रबार त्रिनगर भन्सार नाकामा प्रदेश सरकार र स्थानिय सरकार सहितको टोलिले अनुगमन गरेको छ ।
सुदूरपश्चिमको मुख्य नाकाको रुपमा रहेको त्रिनगर नाकालाई ब्यवस्थित गर्नसके कोरोनाको संक्रमणमा धेरै नियन्त्रण पाउन सकिने आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताईन । ‘त्रिनगर नाकामा राखिएका हेल्थ डेस्क, होल्डिङ सेन्टरहरु पुर्ण रुपमा व्यवस्थित बनाउनुपर्छ’, उनले भनिन्, ‘प्रदेश सरकारले स्थानिय तहहरुसंग आवश्यक सहकार्य गरी व्यवस्थित बनाउन तत्कालै पहल गर्छौँ ।’
अनुगमनमै रहेका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले एन्टिजेन किट अभावकै कारण परिक्षणलाई प्रभावकारी बनाउन नसकिएको बताए । उनले भने, ‘अब भने भारतबाट स्वदेश फर्किने सबै नागरिकको एन्टिजेन परिक्षण गरेर घर पठाउने गरी तयारी थालेका छौँ ।’ हेल्थ डेस्क ब्यवस्थापन संगै आवश्यक सबै उपकरणको समेत ब्यवस्था गरिने मन्त्री खड्काले बताएका छन् ।
यता प्रदेश सरकारसंगको सहकार्यमा होल्डिङ सेन्टर तथा ब्यवस्थित नाका बनाउनका लागी तयारी अगाडी बढाएको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले बताएका छन् । उनले भने, ‘नाकाको व्यवस्थापनका लागि प्रदेश र स्थानिय तह सबै लागि परिसकेका छौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्