- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । हरेक वर्षजस्तो यसपाली मल अभावको समस्या नहुने भएको छ । समयमै मल आपुर्ति भईसकेकोले मल अभाव नहुने मल वितरक कम्पनीले जनाएका छन् । विगतको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा किसानका लागि चाहिने प्रयाप्त मल आपुर्ति भएकोले अभाव नहुने देखिएको कम्पनीले बताएका छन् ।
अहिलेसम्मको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ को जेठ २८ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत प्रदेशभर यसवर्ष युरिया १२ हजार ४ सय ७६ मेट्रिक टन, डिएपी ४ हजार ७ सय ७८ मेट्रिक टन र पोटास ४ सय ६५ मेट्रिक टन, एसएसपी ७ सय ४७, एसएसपी जिंक १ हजार ९ सय ३९, एसएसपी बोरोन १ हजार ५ सय ४ र एमोनियम सल्फेट १ हजार १ सय ४५ मेट्रिक टन गरी कुल २३ हजार १ सय १० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ । जसमध्ये २२ हजार ३ सय ५४ मेट्रिक टन मल बिक्रि भईसकेको छ ।
अहिले प्रदेशभर ५ सय ७३ मेट्रिक टन मल स्टकमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीले जनाएको छ । त्यस्तै कृषि सामाग्री कम्पनी लिमिटेड धनगढीले यस वर्ष ४ हजार ७ सय ४४ मेट्रिक टन युरिया, ४ हजार ३ सय ५ मेट्रिक टन डिएपि आपुर्ति भएको र त्यसमध्ये २ हजार ९ सय ९१ मेट्रिक टन युरिया, १९ सय मेट्रिक टन डिएपि बिक्रि वितरण भईसकेको जनाएको छ ।
डिएपि मल विशेषगरी रोपाई गर्नुपुर्व नै चाहिने भएकोले र यसलापाली मलको आपुर्ति आवश्यकता अनुसार भईसकेकोले मल अभाव नहुने कृषि सामाग्रि कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए । ‘मल वितरणको हकमा स्थानिय तहसँगको समन्वयमा सहकारीलाई पालो लगाएका छौँ’, उनले भने, ‘मलका लागि विगतका जस्तो जटिल अवस्था आउँदैन ।’
यता साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढी रासायनिक मलखाद फाँटका कर्मचारी रामचन्द्र जोशीले यसवर्ष प्रयाप्त रासायनिक मल आपुर्ति गरिसकेको र थप मलको आपुर्ति प्रक्रियामा रहेको बताए । उनले भने ‘गत वर्षको तुलनामा यसपाली बढी मलको आपुर्ति भईसकेकोले पहिलेको जस्तो मल अभाव हुँदैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्