- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से बढेको छ । बिहिबारको तुलनमा नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४० करोडमाथिको कारोबार भएको छ । आज ५ समुह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा सेन्चुरी बैंकका लगानीकर्ताले कमाएका छन् भने गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।