×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा आगलागी, ३ लाख बराबरको क्षति

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा ३ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा ३ लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: