×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तनहुँ जिल्लाको आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक, कुन पालिकाको बजेट कति ?

दमौली । तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् । जिल्लाका स्थानीय तहले छ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताउनुभयो । भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ । स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । सङ्घ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ ।
चालु वर्षको तुलनामा २५ करोड बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताउनुभयो । उहाँका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको बताउनुभयो । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ । शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा तीन करोड कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले एक अर्ब ६ करोड ८६ लाख २० हजारको बजेट सार्वजकि गरेको छ । भिमाद नगरपालिकाले ५८ करोड ५६ लाख आठ हजारको बजेट पेश गरेको छ ।
उपप्रमुख शारदा खनालले पेश गर्नुभएको बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ । म्याग्दे गाउँपालिकाले ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिकाले ६१ करोड ७० लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । पर्यटकीय ‘हब’ का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले ५१ करोड ३४ लाख एक हजार ५०० को अनुमानित बजेट सार्वजनिक गरेको छ । ऋषिङ गाउँपालिकाले ५२ करोड र देवघाट गाउँपालिकाले ४८ करोड ६९ लाख ७८ हजारको बजेट सार्वजनिक गरेका छन् । घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । घिरिङले ४६ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ । -रासस
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: