×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

हेफर इन्टरनेशनल नेपालले गर्यो देवघाट गाउँपालिकालाई १५ लाख रुपैयाँ आर्थिक सहयोग

SAGARMATHA CEMENTS
तनहुँ । कोभिड-१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको देवघाट गाउँपालिकालाई रु १५ लाख सहयोग गरेको छ । गाउँपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले १५ लाख सहयोग गरेको हो । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतका तीन संस्थाहरूको सहकार्यमा कोभिड विरुद्ध जुध्नका लागि उक्त सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभयो ।
उक्त रकम अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आइसियु, एक्सरे मेशिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो । थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal