- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा प्रहरीका लागि दुई दिने आँखा जाँच शिविर सञ्चालन भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा शिविर सञ्चालन भएको हो । पहिलो दिन बिहिबार १०६ जना प्रहरी कर्मचारीको आँखा जाँच गरेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाल जनाएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र च्यारिटी हेल्थ फाउण्डेशन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालय आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यस्तै उक्त शिविरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले प्रायोजन गरेको छ ।

उक्त शिविरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुरमा कार्यरत ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया कैलालीमा कार्यरत प्रहरी कर्मचारीहरुको आँखा चेकजाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्