Skip to content
LAXMI SUNRISE BANK

‘मेरो एउटै उद्धेश्य हुन्छ, न म घुस खान्छु न कसैलाई खान दिन्छु’ : पर्यटमन्त्री अरगरिया (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनः निर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिनुभएको छ । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिनुभएको हो । 
उहाँले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताउनुभयो । उहाँले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराउनुभयो । उहाँले भन्नुभयो – ‘पारदर्शी गरिदिनुहोला । म व्यक्तिगत भ्रष्टाचारकोविरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु र मेरो एउटै उद्धेश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई । त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला । नत्र जतिबेला पनि म आफैँ आएर हेर्नसक्छु । चेक गर्न सक्छु । त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु ।’
मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताउनुभयो । निर्माणको काम सकिइसकेपछि उहाँहरुलाई पुर्नस्थापना गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो मन्त्रालय सस्कृतिको रक्षा गर्ने मन्त्रालय हो । संस्कृतिको रक्षा हुन्छ । बाबाहरु यदी पहिलादेखि बसिराख्नु भएको छ भने नठान्दा हुन्छ कि हामीलाई बिस्थापित गर्छ । यो कुरामा मन्त्रालय पनि एक्टिभ भएर बाबाहरुको साथमा हुन्छ र यो बनिसकेपछि बाबाहरुलाई पुर्नस्थापना दिइनेछ ।’
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताउनुभयो । उहाँले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘यो क्षेत्र हामीले सोचेको सन्त, महात्माहरुको प्रवचन गुञ्जिरहोस् । यो क्षेत्रमा अध्ययन, अध्यापन होस्, संस्कृतको श्लोकहरु गुञ्जिरहोस् र एउटा तपोभुमिको रुपमा विकसित होस् भन्ने हाम्रो सोच रहेको छ । र त्यही रुपमा विकास गर्ने ध्येय रहेको छ । यो थलो ज्ञान र विज्ञानको बहस गर्ने, तर्क गर्ने थलोको रुपमा पनि विकास हुनेछ भनेर मैले विश्वास लिएको छु ।’
पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK