- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डोटी । डोटीमा गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन् । असार मसान्तकै समयमा गाउँपालिकाको कार्यालयमा तालान्दी गरिएपछि पालिकाका नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित भएको छ ।
गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेस गरिएको समितिलाई उक्त बजेट नदिएर अवैधानिक रूपमा आफू अनुकूलको समितिलाई असार मसान्तको अन्तिममा रु पाँच लाख बराबरको बजेट दिएको भन्दै तालाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिए । ‘बजेट बिनियोजनका विषयमा गाउँपालिकालाई सल्लाह सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि तालाबन्दी गरिएको हो’, कठायतले भने ।
युवाको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । उनले भने, ‘गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि रु पाँच लाख रकम बिनियोजन भएको थियो, सो विषयमा केही असन्तुष्ट भएकाहरूले तालाबन्दी गरेको भन्ने सुनेको छु, सबैलाई बोलाएको छु, गुनासा सम्बोधन गरेर तालाबन्दी खोलिने छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्