Skip to content
LAXMI SUNRISE BANK

यातायात व्यवसायीको पीडाः पुर्नकर्जाको नाममा बैंकले झुक्यायो, सरकार रमिते बन्यो !

अर्थ सरोकार

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारिका कारण सारा विश्व आक्रान्त बनेका बेला यातायात व्यवसायपनी धरापमा पर्दै गएको छ । विषम परिस्थितिमा पनि सरकारले आफुहरुको समस्याप्रती मुकदर्शक बनेको भन्दै यातायात व्यवसायी आन्दोलित बनेका छन ।
आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सुदुरपश्चिमका यातायात व्यवसायीहरुले सरकार आफ्ना समस्याप्रती लाचार बनेको आरोप लगाएका छन । सरकारलाई तिर्ने करको २२ देखि २६ प्रतिशत अग्रिम भुक्तानी गरेर राज्यलाई सहयोग गर्दा पनि अफ्ट्यारोमा पर्दा आफ्ना लागि सरकार अभिभावक नबनेको व्यवसायीहरुले गुनासो गरेका छन् । ‘बाह्य लगानीका कम्पनीहरुको संरक्षणमा राज्य लागि परेको छ तर स्वदेशी लगानीका कम्पनिको संरक्षणमा ध्यान नै छैन’, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष दिल बहादुर खोलौलाले भने ।
पुर्ण जोखिममा रहेको अवगत हुँदा पनि सरकारले आफुहरुलाई मध्यम जोखिमको दर्जामा राखेर अन्याय गरेको यातायात व्यवसायीहरुले आरोप लगाएका छन् । हिजोका दिनमा पुर्नकर्जाका नाममा व्यवसायीहरुलाई बैंक तथा वित्तिय संस्थाहरुले झुक्याएको यातायात व्यवसायी तथा शिवपुरी यातायात प्रा.ली.का संचालक समितिका सदस्य सन्तोष खड्काले बताए । उनले भने, ‘पुर्नकर्जाको नाममा हाम्रो ब्याजलाई पुन ऋणमा परिणत गरी टाउको झनै ऋणको बोझ थपाउने काम भएको छ तर यसपाली अव हामी झुक्किने वाला छैनौँ ।’
कोरोना माहामारी र जारी निषेधाज्ञाका कारण यातायात व्यवसाय धरासायी बनेको व्यवसायी योगेन्द्र हमालले बताए । ‘करोडौँ खर्च गरेर नागरिकको सुविधाका लागि काम गर्दागर्दै पनि अहिले सरकार हामीप्रति सकरात्मक देखिएन’, उनले भने, ‘बैंक तथा वित्तिय संस्थाले पनि हाम्रो ढाड सेक्ने गरी काम गरेका छन् ।’ अव पुन यातायात सञ्चालन गर्न ३ देखी ५ लाखसम्म खर्च आउने र त्यसपछि रुट परमिट, बैंक ऋण किस्ताको चिन्ता हुने बताउँदै व्यवसायी हमालले या त यातायात व्यवसायीलाई विकल्प दिनुपर्यो होईन भने सवारी साधन बैंक तथा वित्तिय संस्थाको जिम्मा लगाउन बाध्य हुने बताएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK