- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । शुक्रबार कैलारी सहकारी संस्थाले आफ्नो नयाँ भवनको उद्धघाटन गरेको छ । वि.सं. २०७६ साल मंसिर ८ गते स्थापना भएको कैलारी सहकारी संस्था लिमिटेडले स्थापनाकाल प्रश्चातको २ वर्षमा आफ्नै भवन निर्माण गरेको हो ।
विगतका दिनमा भाडाको भवनमा रहेर दैनिक कार्य सम्पादन गर्दा असहज भएको संस्थाका अध्यक्ष बतासु चौधरीले बताए । उनले भने, ‘अव भने आफ्नै भवन निर्माण भएपछि थप उर्जा मिलेको छ ।’ त्यस्तै सहकारी संस्थाको माध्यमबाट ग्रामिण क्षेत्रको उत्थान, साना तथा घरेलु र व्यवसायीक तथा उद्यमशिलता विकासमा आम नागरिकको सहज पहुँचको सुनिश्चितता गर्नु आफुहरुको उद्धेश्य रहेको अध्यक्ष चौधरीले बताएका छन् । उनले थपे, ‘संस्था स्थापनाका दुई वर्षमा कृषक हितका विभिन्न कार्यक्रम संचालन गरेका छौँ र हाम्रो मुख्य उद्धेश्य कृर्षि क्षेत्रको विकास गर्नु हो ।’
‘पछिल्लो समय विभिन्न सहकारीहरुले अनावश्यक ऋण र चर्को ब्याजको मारमा आम सर्वसाधरणलाई पार्दै आएको देखिन्छ’, चौधरीले भने, ‘हाम्रो उद्धेश्य भिन्न र पृथक छ ।’ अध्यक्ष चौधरीले आफुहरु किसानको सहायता र उत्पादनलाई महत्व दिँदै नाफामुखी भन्दा बढी परिणाममुखी रहने बताएका छन् ।
संस्थामा अहिले २६४ जना सेयर सदस्य रहेका छन् । स्थापना कालपछि दुई वर्षको अवधिमा ऋण तथा बचतको कार्यक्रम, मुख्यमन्त्री नमूना कृषि गाउँ धान कार्यक्रम जसअन्तर्गत किसानहरुलाई अनुदानमा पावर र्टिलर २५ थान, मोटर २५ थान, धान काट्ने मेसिन, पम्पसेट, औषधि छर्ने ट्याकिं तथा बिउविजन वितरण गर्ने कार्यक्रम सम्पन्न गरिसकेको छ । धानको मूल बिउ वितरण तथा उन्नत बिउ वितरण गर्दै आएको संस्थाले किसानको सहजिकरणका लागि आफ्नै ढुवानीबाट उत्पादन गरिएको बस्तुको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्