- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलाली जिल्लामा रहेका राजश्व सङ्कलन हुने कार्यालयबाट गत आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको छ । जिल्लास्थित आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय लम्की र कैलाली भन्सार कार्यालयबाट लक्ष्यभन्दा धेरै राजश्व सङ्कलन भएको यी कार्यालयले जनाएका छन् ।
कैलाली भन्सार कार्यालयले यसवर्ष लक्ष्यभन्दा झण्डै १०७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत आव २०७७/७८ मा कैलाली भन्सार कार्यालयलाई रु आठ अर्ब २१ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु आठ अर्ब ८४ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत फडिन्द्र खतिवडाले जानकारी दिएका छन् । ‘कैलाली भन्सार कार्यालयबाट गत वर्ष पेट्रोलियम पदार्थ, ट्र्याक्टर, खाद्यान्न तथा फलफूलजस्ता वस्तुको आयात धेरै भएको छ’, खतिवडाले भने, ‘सबैलाई कदरको दायरामा ल्याउन प्रयास निरन्तर गरिरहेका छौँ ।’
भन्सार अधिकृत खतिवडाले वार्षिक राजस्व संकलनको आकार बढ्नुमा भन्सारको आन्तरिक कार्यविधिमा भएको सुधार, जाँचपास प्रणालीमा भएको स्तरियता र चोरी पैठारी नियन्त्रण तथा न्युनिकरणको प्रभाव रहेको बताएका छन् । गतवर्षभन्दा यसवर्ष आयातमा पनि वृद्धी भएकाले पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सकेको उनको भनाई रहेको छ । ‘यसवर्ष भन्सार कार्यालय कैलालीको कार्यप्रणालीमा सुधार, प्रवृधिको अत्याधिक प्रयोग र सुरक्षा निकायसँग समन्वय गरी चोरी पैठारी तथा तस्करीका गतिविधिमा नियन्त्रण गर्दै यथार्थ राजस्व संकलनमा केन्द्रित हुन्छौँ’, उनले भने ।
यता जिल्लाभर भएको राजस्व संकलनको अवस्थालाई हेर्दा आन्तरिक राजश्व कार्यालय कैलालीले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयलाई गत आवमा आन्तरिक राजश्व विभागले रु चार अर्ब ५० करोड राजश्व उठाउने लक्ष्य दिएकामा रु पाँच अर्ब ५३ करोड राजश्व सङ्कलन छ । जुन लक्ष्यभन्दा २२.८७ प्रतिशत बढी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्