×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स क्लव धनगढीको अनौठो विरोध, सासुविरुद्ध साढे ४ मिनेट नारा लगाए, त्यसपछी हराए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकर्स क्लव धनगढीको अनौठो विरोध, सासुविरुद्ध साढे ४ मिनेट नारा लगाए, त्यसपछी हराए…

Artha Sarokar

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । धनगढीमा बैंकर्स क्लवद्वारा सामाजिक सुरक्षा योजनाका विरुद्द धनगढीमा साढे ४ मिनेट विरोध गरिएको छ। बुधबार बैंकर्स क्लव धनगढीका अध्यक्ष धर्मकुमार बिष्टको नेतृत्वमा आन्दोलन गरिएको हो ।

क्लबका सदस्य र केही बैंकका कर्मचारीको न्युन उपस्थितिमा आन्दोलन सम्पन्न गरिएको र कर्मचारी सबै उपस्थित हुन नपाउँदै विरोध समापन गरिएको स्रोतले बताएको छ । नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक, बीमा तथा वित्तिय संस्थाका कर्मचारीहरुको गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारीत सामाजिक सुरक्षा योजना ल्याएको भन्दै विरोध गरिएको हो । विरोधमा ‘सामाजिक सुरक्षा योजना फिर्ता ले’, ‘बैंकर्स क्लब जिन्दावाद’ जस्ता नारा लगाइएका थिए ।

कर्मचारीले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ती लैजान खोजेको भन्दै गत आइतबार सर्वोच्चमा मुद्दा दायर समेत गरिएको थियो । जुन रिटमा सर्वोच्च अदालतले दुबै पक्षको कुरा सुनेर मात्र अन्तरिम आदेश दिने निर्णय गरेको छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी