
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । बुधबार नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाइृ नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएको हो । त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रवन्धक डिम प्रकाश पौडेलको राजिनामा समेत माग गरेको छ ।
सरकारको स्वामित्वमा रहेको निगमलाई कौडिको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारीसक्दा पनि महाप्रवन्धक पौडेलले सरोकारवालाहरु सँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो । निगममा रहेको तिनवटै ट्रेड युनियनहरुले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरुमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीहरुलाई घाइते बनाएको प्रति पनि संयुक्त ट्रेड युनियनले भत्र्सना गरेको नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनका महासचिव हेम लम्सालले बताउनुभयो ।
निगमको महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको सम्पतिको कम मुल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखि सिमित व्यक्तिको माग पुरा गर्ने राष्ट्रघाती कदम चालिएकाले पौडेलको राजिनामा माग्नुपरेको महासचिव लम्सालले बताउनुभयो । हेर्नुहोस् भिडियो:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्