×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सीआइटी र नेसनल लाइफ इन्स्योरेन्सको सेयरमा आवेदन दिने सोमबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको ३ लाख ७६ हजार ३६५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ ।  आज कार्यालय समयसम्म सो सेयरमा आवेदन दिन पाइने भएको हो । बैंकले नेसनल लाइफ इन्स्योरेन्स २५ हजार ९९६ कित्ता र नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले नागरिक लगानी कोषको सेयरमा न्यूनतम १२०० रुपैयाँ र नेसनलमा न्यूनतम ४१० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । दुईवटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: