×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आँधिखोला लघुवित्त वित्तीय संस्थासहित ३ कम्पनीको वार्षिक साधारणसभा आज बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

आँधिखोला लघुवित्त वित्तीय संस्थासहित ३ कम्पनीको वार्षिक साधारणसभा आज बस्दै, यस्ता छन् छलफलका एजेन्डाहरु

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थासहित ३ कम्पनीको वार्षिक साधारणसभा आज बिहिबार बस्दैछ ।आँधिखोला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा आज बिहिबार (असार ३१ गते) बस्ने भएका हुन्  । 
आँधिखोलाको सभा होटल गाँउवेशी वालिङ–८, वालिङ, स्याङजामा बिहान ११.३० बजे सुरु हुने भएको हो । सभामा कम्पनीले अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने भएको छ । 
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतक प्रस्ताव पनि पेश हुनेछ । सभाका लागि कम्पनीले असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यता, धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का रहेको छ ।
यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाको सभा केन्द्रीय कार्यालय बनेपामा बिहान ११ बजे हुँदैछ । कम्पनीले सभाबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम जारी पूँजीको ३०% आइपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । यस्तै सभामा अन्य कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ ।
यता नेकोको सभा भवन ज्ञानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा कम्पनीले १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । जसमा असार १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: