×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरको २९.३८% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता सेयर पुन: लिलामीमा ल्याउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अपि पावरको २९.३८% हकप्रद सेयर बाँडफाँड, बिक्री नभएको २ लाख १५ हजार ५९९ कित्ता सेयर पुन: लिलामीमा ल्याउने

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अपि पावर कम्पनीको २९.३८% हकप्रद सेयर बुधबार (असार ३० गते) बाँडफाँड भएको छ । कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ५४ लाख ५४ हजार ४०१ कित्ताका लागि मात्र आवेदन परेको छ । २ लाख १५ हजार ५९९ कित्ता हकप्रद सेयर भने बिक्री भएको छैन । सोहि बिक्री नभएको सेयर  कम्पनीले अब लिलामीमा ल्याउने भएको हो ।
कम्पनीले जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: