Skip to content
LAXMI SUNRISE BANK

सरकारले माग्यो रेल चालक, कसरी दिने आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । सरकारले रेल चालक (लोको पाइलट) मागेको छ । नेपालमा रेल सेवा सञ्चालन गर्न नेपाल रेल्वे बोर्डले दक्ष, योग्य, इमानदार र जिम्मेवार रेल चालक मागेको हो । 

बोर्डले मागेको रेल चालकका लागि इच्छुक र योग्यता पुगेका नागरिकले सूचना भएको ३५ दिनभित्र अर्थात आगामी मंसिर २१ गतेसम्म नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

आवेदनसँग उम्मेदवारले नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यता प्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि र अनुभव र तालिमको प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK