×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरीको सीइओ बन्न लागेको चर्चाबारे खड्का भन्छन्, ‘जसले भन्यो, त्यो वेवकुफ हो, त्यस्तो डुब्न लागको बैंकमा को जान्छ ?’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेञ्चुरीको सीइओ बन्न लागेको चर्चाबारे खड्का भन्छन्, ‘जसले भन्यो, त्यो वेवकुफ हो, त्यस्तो डुब्न लागको बैंकमा को जान्छ ?’

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट तुलसीराम गौतमलेले राजिनामा दिएपछि अवको सीइओ को बन्छ भन्ने चर्चा चौतर्फी छ । सेञ्चुरी बैंकका एक संचालकले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार बैंकमा अवको सीइओका रुपमा हाल नेको इन्स्योरेन्समा काम गरिरहेका अशोक खड्काको नाम अगाडी सारिएको छ । उनी आउन नमानेको खण्डमा बैंकका डेपुटी सीइओ मनोज न्यौपानेलाई सीइओ बनाउने तयारी छ । यस्तो चर्चा सुनेपछि हामीले उनलाई विहान फोन गरेका थियौं । उनको फोन अफ थियो । हामीले पुन उनलाई एसएमएस गर्यौं र कुरा के हो भन्ने जान्न चाहेको बतायौं । झन्डै ९ बजे आसपासमा अर्थ सरोकारको सम्पर्कमा आएका उनलाई हामीले यस विषयमा सोधेका छौं ।
१. तपाईं त सीइओ भएर सेन्चुरी बैंक जाने कुरा आयो नि, के हो कुरा सर ?
तपाईं पत्रकारहरु पनि लहैलहैमा लाग्नुहुन्छ । मेरो त्यस्तो कुनै योजना छैन । म अहिले नेको इन्स्योरेन्समा छु र मलाई यहीं राम्रो छ । त्यो सेन्चुरी कमर्सियल बैंक भन्दा त मलाई यहीं राम्रो सेवा सुविधा छ । २२ बर्ष बैंकिङ गरेको छु । अव त्यस्तो बैंकमा म काम गर्न जान्छु होला त ?
२. भनेपछि तपाईं सीइओ भएर सेन्चुरी जान लाग्नुभएको होइन ?
होइन । त्यस्तो डुब्न लागेको बैंकमा को जान्छ ? म नेको इन्स्योरेन्समा सीइओ भएको जम्मा २ बर्ष भयो । म यहीं नै ठिक छु ।
३. तर सेन्चुरीकै संचालकले त तपाईंसँग कुरा अगाडी बढेको छ भन्ने कुरा गर्नुभयो नि ?
जसले त्यो कुरा गर्यो त्यो संचालक वेवकुफ रहेछ । त्यस्ता संचालकलाई बैंकमा राख्नु हुन्न । त्यस्तो संचालकले बैंक डुबाउँछ । म त हक्की मान्छे हो, हो भने हो भन्छु नि । तर होइन । म त्यहाँ सीइओ भएर जान लागेको होइन ।
४. तपाईंले त अफर लेटरसमेत लिईसक्नुभयोसमेत चर्चा छ नि ?
चर्चा सुनेर हुन्छ ? देखाउनुपर्यो नि अफर लेटर ? यस्तै चर्चा र हल्लाको पछी लागेर तपाईंहरुले समाचार बनाउँदा मेरो इन्स्योरेन्सको करियरमा समेत असर पर्न सक्छ । यो कुरा पत्रकार मित्रहरुले पनि बुझ्नुपर्छ । यति बुझ्नुस् , म त्यहाँ जान लागेको होइन ।
यता उनको कुरा सुनेपछि हामीले बैंकका डेपुटी सीइओसँग कुराकानी गर्यौं । अव तपाईंकै पालो आएको हो त ? उनले हाँस्दै भने –  ‘अहिले नै सीइओ बन्न हतार भएन र ?’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: