×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्षौको लडाईपछि अन्तत: लेखापरीक्षणमा ‘एक व्यक्ति एक पेसा’ लागू, जागिर खाने दर्तावाल लेखापरीक्षकले अडिट गर्न नपाउने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

वर्षौको लडाईपछि अन्तत: लेखापरीक्षणमा ‘एक व्यक्ति एक पेसा’ लागू, जागिर खाने दर्तावाल लेखापरीक्षकले अडिट गर्न नपाउने !

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वर्षौको लडाईपछि अन्तत: लेखापरीक्षणमा ‘एक व्यक्ति एक पेसा’ लागू भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले साउन १ गतेदेखि लागू हुने गरी सरकारी वा निजी संघसंस्थामा जागिर गर्ने कर्मचारीले लेखापरीक्षण गर्न नपाउने व्यवस्था लागु गरेको हो ।
जागिर खाने दर्तावाल लेखापरीक्षणमा सक्रिय रहेको गुनासो वर्षौदेखि आइरहेको भन्दै आईक्यानले यस्तो व्यवस्था लागु गरेको हो । यद्यपि चार्टर्ड एकाउन्टेन्टको हकमा भने यसअघि नै लेखापरीक्षण गर्न नपाउने व्यवस्था थियो । यता नेपालअडिटर्स एसोसिएसन (अडान) ले भने आईक्यानको यो व्यवस्थाको विरोध गरेको छ ।
अडानको विज्ञप्तिमा ‘चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको परिषद्ले साउन १ बाट रजिस्टर्ड अडिटरका लागि ‘एक व्यक्ति एक पेसा’ को नीति लागू हुने गरी सूचना प्रकाशन गरेको सम्बन्धमा एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ’ उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: