×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक करोड १२ लाखको लागतमा बाढीपहिराले बगाएको विद्युतका नहर पुनःनिर्माण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक करोड १२ लाखको लागतमा बाढीपहिराले बगाएको विद्युतका नहर पुनःनिर्माण

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बलेवा । गत वर्ष बाढीपहिराले बगाएका ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लघुजलविद्युत् आयोजनामध्ये अधिकांशको नहर पुनःनिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधीन छन् । आयोजनामध्ये अधिकांशको नहर पुनःनिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधीन छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गण्डकी प्रदेश सरकारको बजेटमा ती नहर पुनःनिर्माण गरेको हो । प्रदेश सरकारले पठाएको एक करोड १२ लाखबाट डिभिजन कार्यालयले अधिकांश जलविद्युत् आयोजनाको नहर मर्मत गरेको इञ्जिनीयर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो ।
गत वर्ष ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीले एकै खोलाका ६ वटा आयोजना बगाएको थियो । वडा नं ५, ६, ७, ८ र ९ का लघुजलविद्युत् आयोजना भुजीखोलाको बाढीपहिराले बगाएपछि अधिकांश बासिन्दा बिजुली बाल्नबाट वञ्चित थिए । डिभिजनमार्फत संरचना बनेपछि अहिले नहर सञ्चालनमा आएका छन् ।बगेकामध्ये सैखोला लघुजलविद्युत् आयोजना रु दुई लाखको लागतमा मर्मत भएको हो । वडा नं ६ को गाडीखोला लघुजलविद्युत् आयोजनाको नहर तीन लाखमा र वडा नं ७ को भुजीखोला लघुजलविद्युत् आयोजना आठ लाख ५० हजारमा मर्मत भएको हो ।
संरचना निर्माणमा बजेट खर्च भएको हो भने अन्य काम उपभोक्ताले श्रमदान गरेर बनाएका हुन् । स्थानीय पालिकाले ती आयोजना मर्मतमा लगानी गरेका थिए । ‘सबैतिरबाट बजेट परिचालन गरेर विद्युत् सञ्चालन गर्न सकियो’, ढोरपाटन नगरपालिका-५ का अध्यक्ष लक्ष्मण पुनले भन्नुभयो,’कतै अस्थायी, कतै स्थायी संचरना बनाएर बिजुली बालिएको छ ।’ बडीगाड गाउँपालिका-८ को चाँचलघाट जलविद्युत् आयोजनाका लागि ११ लाख, जैमिनी नगरपालिकाको ठेउले खोलास्थित वडा नं ८ मा दुई लाख, वडा नं ९ र ४ मा चार/चार लाख, वडा नं १ मा दुई लाख खर्चेर आयोजना मर्मत गरिएको हो ।
गलकोटको घोम्टेखोलामा सात लाख, तल्लो साउने खोलामा रु आठ लाख खर्चेर बिजुली बालिएको छ । तमानखोलामा पनि बाढीले लघुजलविद्युत् अयोजनामा क्षति पुगेको थियो । तीमध्ये तल्लो तमानखोला लघुजलविद्युत्मा १३ लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । निसीखोलातर्फ क्षति भएकामध्ये निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनामा सात लाख ५० हजार र तेस्रोमा आठ लाख ५० हजार र वायखोलामा रहेको नहर पाँच लाखमा मर्मत भएको हो ।
त्यस्तै जैमिनीको सुम्साघाट सिँचाइ आयोजना पनि डिभिजनले निर्माण गरेको छ । उक्त आयोजनामा ३० लाख खर्चेर नहर चलाइएको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो । डिभिजनले सिँचाइ कुलो निर्माण तर्फपनि लगानी गरेको छ । तर ती आयोजनामा भने ४० प्रतिशत मात्रै प्रगति भएको बताइएको छ । कोरोना कहर, निषेधाज्ञा र हचुवाको भरमा आएका कतिपय योजना कार्यान्वयन कठिनाइ भएकोले प्रगति गर्न नसकिएको पौडेलले बताउनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: