×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाईं रोकियो, सिचाई गर्दा प्रतिघन्टा ५ सय रुपैयाँ खर्च व्यहोर्दै किसान (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
बाँके । बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाई रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले धान रोपाई रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिचाई गर्दा प्रतिघण्टा ४ सय रुपैयाँदेखि ५ सय रुपैयाँ खर्च किसानहरुले व्यहोर्नु परेको छ । बाँके र बर्दिया जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाई गर्न सुरु गरेका थिए ।
बाँकेका किसानहरुले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । तर असारको १५ गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नुपरेको छ । हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोपाई भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाईँ गर्न बाँकी छ । त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा परेका छन् । बाँकेमा सिक्टा नहर र बर्दियाको बबाई नहर भएपनि खेत-खेत सम्म नपुगेकोले किसानहरु महाँगो लगानी गरेर रोपाई गर्न बध्य भएका छन् । 
एकातिर धान रोपाई गर्न सकेका छैनन् भने अर्को तिर रोपाई गरेका धानहरुपनि पानी नपाएर सुकन थालेको किसान चेतराम सोनकारले बताउनुभयो । छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सक्किन लागेको छ । सिक्टा नहर भएपनि त्यसको अझैपनि पुर्णरुपमा निर्माण हुन सकेको छैन । नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुदै पनि धान रोपाई गर्न नसकेको किसानहरुको दुखेसो छ ।
मनसुन छिट्टै शुरु हुन लागेकोले धान रोपाई पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाई छ । तर असार १५ लागेसँगै बाँकेका अधिकंश क्षेत्रहरुमा पानी नपर्दा खेत सुख्खा भएका छन् । समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने पिरलो किसानहरुमा छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरु बताउँछन् ।
एक साता देखि पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाई हुन सकेको छैन । रोपिसकिएका धान पनि पानिको अभावका कारण सुक्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । सरकारले खेतियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउन चासो नदेखाएको स्थानीयले बताउने गरेका छन् । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: