
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी शिशिर शमशेर ज.ब.रा पक्राउ परेका छन् । समिररत्न बज्राचार्यको जाहेरीमा प्रहरीले उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।
ज.ब.राले बज्राचार्यबाट घर व्यवहार चलाउन तथा व्यसायमा लगानी गर्नको लागि रकम लिएका थिए । ज.ब.राले सो रकम फिर्ता गर्दा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी नबिल बैंकमा रहेको आफ्नो नामको खाताबाट ४५ लाख रुपैंया बराबरको भुक्तान हुने गरी चेक काटेर दिएका थिए ।
सोही अनुसार बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट ज.ब.राको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो । साथै ज.ब.रालाई १० (दश) दिन कैद र ४५ (पैतालिस) लाख जरिवाना गरी हुने ठहर भएको थियो । त्यसपछि उनि फरार रहेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्