×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० लाखको लागतमा सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य सुरु, स्थानीयबासी हर्षित (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१० लाखको लागतमा सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य सुरु, स्थानीयबासी हर्षित (भिडियो रिपोर्ट)

४ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य सुरु भएको छ । खाडल खनेर यत्तिकै छाडिंदा खोलाको बाढीले घर भास्सिने हो कि भन्ने चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण सुरु भएसँगै हर्षित भएका छन् । सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका-२ स्थित तीनपैनी पूर्व टोलबासी हर्षित भएका छन् । असारको पहिलो साता खाडल खनेर स्थानीय उपभोक्ता समितिले सुरु गरेको सो निर्माण कार्य बाढी र डुबानका कारण स्थगित गर्नु परेको थियो । खोलाको सतह बढेसँगै पानीले माटो कटान गर्दै लगेपछि स्थानीयबासी घरै भत्काएरै लैजाने डरले त्रसित भएका थिए ।

केही दिन अघि देखि सो खोलाको तटबन्ध निर्माणको काम पुनः सुरु भएपछि स्थानीय बासिन्दाले राहतको महशुस गरेका छन् । यतिखेर आवश्यक उपकरणसहित १० जना मजदुरको समुह निरन्तर तटबन्धको निर्माण कार्यमा खटिएका छन् । उनीहरु निर्माणस्थल नजिकै रहेको तीनपैनी स्पोर्टिङ क्बलको एककोठे भवनमा क्याम्प राखेर निर्माण कार्यलाई निरन्तरता दिईरहेका छन् । कुनै बाधा अवरोध बिना निरन्तर काममा खटिनपाए आउँदो दुईतिन दिनभित्रै सम्झौता अनुसारको तटबन्ध निर्माण गरिसक्ने मजदुरहरुले बताएका छन् । संघीय सरकारको ‘तराई-मधेश समृद्धि कार्यक्रम’ अन्र्तगत उक्त क्षेत्रमा झण्डै १० लाख रकमको बजेटबाट ३७ मिटर लम्बाईको तटबन्ध निर्माण गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।

यसअघि आफूहरुले निर्माण कार्य सुुरु गराएको भएपनि असारको दोस्रो साता खोलाको सतह बढेका कारण ल्याइएका मजदुरहरुले काम गर्न नमानेपछि केहिदिन निर्माण कार्य प्रभावित भएको उपभोक्ता समितिको भनाई छ । यद्यपि फेरी काम सुुरु भएको र आउँदो केहिदिनमै निर्माण सम्पन्न हुने समितिका अध्यक्ष शिला दिक्षीत कार्कीले बताउनुभयो । खोलाको पानीको सतह बढ्ने तथा बाढी आउन सक्ने साउन र भदौ महिना बाँकी रहेका कारण यसअघि निर्माण रोकिएपछि सुकुम्बासी परिवारमा चिन्ता छाएको थियो । यद्यपि हाल निर्माण सुचारु भएको तथा केहि दिनभित्रै तटबन्धको निर्माण सम्पन्न हुने कुरामा उनीहरु आशावादी छन । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: