
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको हो । २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश सम्बन्धी सेयरधनीहरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म लाभांश लिन नआएकाले उक्त लाभांश लिन कम्पनीले अनुरोध गरेको हो ।
हालसम्म पनि लाभांश नलिएका सेयरधनीले कम्पनीको सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा आफ्नो सेयर प्रमाणपत्रका साथ यो सूचना प्रकाशित भएको एक महीनाभित्र सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ । सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र लाभांश लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगाकीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्