×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँका खोप केन्द्रहरु अस्तव्यस्त, दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि वृद्धवृद्धाहरु आक्रोशित (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौले खोप लगाउन नपाइ फर्कनु पर्यो । उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाण्डौ महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानैदेखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने । उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।
मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजेदेखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाउनुभएन । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो ‘बेसरी गाहो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रो संग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ बर्षमा पनि इनजेक्सन नपुग्ने भईसक्यो । ८५ बर्षका बृद्ध लाइन बस्दा बस्दै ३ ४ जना त लडिसके । तिनको जिम्मेबारी कसले लिन्छ ? पुलिसले भित्र जान दिदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई ? जनता भेडा हुन् ? ‘
बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बस्नुभयो तर दिउँसो २ बजेसम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोख्नुभयो । उहँले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोली आउ यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलीका लागि कुपन भनेर दिएको भए हामी भोली आईहाल्थ्यौ नि ।’
आलोकनगर टोल सुधार समितिको अध्यक्षसमेत रहेका डिआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाउनुभएन । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सुचना निकालेपछि उहाँको धैर्यता टुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो ‘जनतालाई भेडाबाख्रा सम्झिने ? सुचना निकाल्देर पञ्छिन पाईन्छ सरकारले ? लाईनमा ३/४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे।’
अर्का एकजनाले ग्राण्डीबाट र धुलिखेलबाट कालोबजारी गरेर प्रति खोप १० हजारमा खोप बेच्ने गरेको सुचना आफुले पाएको भन्दै त्यसबारे खोज गर्न संञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले नागरिकलाई तड्पाई तड्पाई मार्न खोजेको आरोप लगाउनुभयो । पुण्य प्रसाद भट्टराईले आफु बिहान ६ बजेदेखि लाइन बसेपनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाईन बसेपछि खोप लगाउन पाएको बताउनुभयो । सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना निकालेको थियो । काठमाण्डौ महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: