Skip to content
LAXMI SUNRISE BANK

सीवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तको एकीकृत कारोबार मंगलबारबाट सुरु हुने, के नामबाट खुल्छ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार मंगलबार (असार २९ गते)बाट सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २५ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो । 
मंगलबारबाट सीवाइसी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । प्राप्तिपछि कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङमा रहनेछ । यी  दुवै कम्पनीको जेठ १४ गते सम्पन्न विशेष साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK