
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हाल जारी रहेको युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टाबाजी गर्ने ८ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, काठमाडौं कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-७ घर भएका ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पूर्बिचम्पारण रक्सौल घर भएका ४६ वर्षीय अशोक कुमार गुप्ता, काठमाडौं धापासी बस्ने चितवन खैरहनी नगरपालिका-५ टरौली घर भएका ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य, काठमाडौं इन्द्रचोक बस्ने भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेश कुमार अग्रवाल, काठमाडौं क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका ३३ वर्षीय सुचित डालमिया अग्रवाल र काठमाडौं मरुटोल बस्ने मोरङ बिराटनगर नगरपालिका-७ घर भएका ४६ वर्षीय अमरनाथ गुप्तालाई पक्राउ गरेको हो ।
सट्टाबाजी गरी अवैध रूपमा रकम असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखा टोलीले उनीहरूलाई काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थानबाट ३४ लाख ६५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । साथै नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल पनि बरामद गरिएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परीसर काठमाडौं पाठाइएको अपराध महाशाखाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्