×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंक लिमिटेडको ६ लाख इकाई ऋणपत्र असार ३१ गते परिपक्क हुँदै

PRIME CA

एभरेष्ट बैंक लिमिटेडको ६ लाख इकाई ऋणपत्र असार ३१ गते परिपक्क हुँदै

२४ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र परिपक्क हुने भएको छ । बैंकले २०७२ असार ३१ गते जारी गरेको ६ लाख इकाई ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ यही असार ३१ गते परिपक्क हुन लागेको हो । ऋणपत्र परिपक्क हुने समय आएपछि रकम फिर्ताका लागि एभरेष्टले लगानीकर्तासँग बैंक खाताको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
यस्तै बैंक खाताको विवरणसँगै ऋणपत्रको सक्कल प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत उपलब्ध गराउन बैंकले भनेको छ । बैंकले माग गरे बमोजिम विवरणहरुसहित उपत्यकाभित्रका लगानीकताले बैंकको मुख्य कार्यलय लाजिम्पाट काठमाडौं र उपत्यकाबाहिरका लगानीकर्ताले पायक पर्ने कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: