×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाले अर्थमन्त्रीको जिम्मा कसलाई देलान् ? स्वास्थ्यमन्त्री पनि आजै नियुक्त गर्ने तयारी

GLOBAL IME BANK

देउवाले अर्थमन्त्रीको जिम्मा कसलाई देलान् ? स्वास्थ्यमन्त्री पनि आजै नियुक्त गर्ने तयारी

२९ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैछन् ।
देउवाले सबै दललाई समेटेर सानो मन्त्रीमण्डल बनाउने तयारी पनि गरेका छन् । आजै अर्थमन्त्री र स्वास्थ्यमन्त्री नियुक्त गर्ने तयारीमा देउवा रहेको बताइएको छ । यद्यपि अर्थमन्त्री र स्वास्थ्यमन्त्री कसलाई बनाउने भने अझै टुंगो लागेको छैन । 
स्वास्थ्य मन्त्रालय काँग्रेस नेता गगन थापालाई दिने चर्चा पनि चलिरहेको छ  भने अर्थको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँणलाई दिने तयारी रहेको चर्चा चलेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: