
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रलाई रेटिङ प्रदान गरेको छ । इक्राले बैंकको १० लाख इकाई ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको हो । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
यता बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । यसमध्ये ४ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्